मंसिर १०, सल्यान – नवनिर्वाचित संघीय संसद प्रकाश ज्वालाले निर्वाचनको समयमा असम्भव कुरा गर्ने निर्वाचन पछि विर्सने आफुबाट नहुने दावि गरेका छन।
विजयी भएपछि शनिबार प्रमाणपत्र ग्रहण कार्यक्रमाई सम्बोधनका क्रममा ज्वालाले आफुहरुले चुनावी अभियानका क्रममा आफुले आश्वासन मात्रै देखाउने खालका कुनैपनि महत्वाकाक्षी कुरा नगरेको भन्दै जे कुरा गरेको हो त्यो पुरा गर्ने प्रतिबद्धता दाेहाेर्याएका छन।
राजनीतिक रुपमा पार्टीप्रति प्रतिवद्ध भएपनि पार्टीगत पुर्वाग्रह नराखेर जनताका काम गर्ने भन्दै निर्वाचनमा जित हार स्वभाविक भएकाले आगामी दिनमा सबै राजनीतिक दलको सहकार्यमा काम गर्ने बताए । पटक पटक विभिन्न संसदमा उपस्थिती जनाएका कर्णालीका पुर्व आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्री समेत भइसकेका ज्वालाले निर्वाचन जित्न जति सजिलो हुन्छ ५ वर्षको अग्नी परिक्षा पुरा गर्न त्यो भन्दा गाह्रो हुने बताए ।
उनले विगतका कमजोरी सच्याएर जनताप्रति समर्पित भएर लाग्ने र जनताको विश्वासलाई डगमगाउन नदिने भन्दै सहयोगी सबैमा धन्यवाद समेत दिएका छन ।
विजयी प्रदेश सांसदहरु (क) का भीम प्रकाश शर्मा र (ख) का सुरेश अधिकारीलाई पनि प्रमाणपत्र प्रदान गरिएको हाे।