मंसिर ९ काठमाडौ – दाङमा गठबन्धनले सतप्रतिशत नतिजा निकालेकाे छ। गठबन्धनले सतप्रतिशत नतिजा हात पार्दा एमालेले विरासत गुमाएको छ।
३ प्रतिनिधि सभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेकाे दाङमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ नेकपा एसका मेटमणी चौधरी, २ माओवादी केन्द्रकि रेखा शर्मा र ३ नेपाली कांग्रेसका दिपक गिरी विजयी भएका छन।
जस अनुसार कांग्रेसले एक प्रतिनिधिसभा सदस्य सहित चार प्रदेशसभा, माओवादी केन्द्रले एक प्रतिनिधिसभा सदस्य सहित दुई प्रदेशसभा र नेकपा एसले एक प्रतिनिधिसभा पाउने गरी गरेको गठबन्धनले सर्वेक्षण अनुसार शतप्रतिशत नतिजा लिएको हाे।
एमाले महासचिव शंकर पोखरेल आफै क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन। भने गृह जिल्लामा विरासत सम्म जाेगाउन सकेनन्।