मंसिर ९ काठमाडौ – दाङ -१ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एसका मेटमणि चौधरी विजयी भएका छन।

मेटमणीले ५२०० काे मतान्तर लिदै २५३३५ मत लिएर विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकि शान्ता चौधरीले २०१३५ मत लिएकि हुन। अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै पराजित भएकि शान्ता पहिलो शुभकामना तथा बधाई दिँन मेटमणीसंग भेटद‌‌ै उनले आफ्नै निधारकाे अविर मेटमणीलाई लगाइ दिएर शुभकामना तथा बधाई दिएकि छन।

उनी पहिला नै अविर लगाएर गएकि थिइन । तत्काल त्यहाँ अबिर नपाएपछि शान्ताले हतपत आफ्नै निधारको अबिर हातले निकालेर मेटमणिलाई लगाइदिँदै ‘कतै मेरो भाग्य नि जाने त होइन, यो पराजित भएकाले लगाएको अबिर नभन्नु, जनताले जितेपछि गुनासो सुन्न आउँदैनन् भन्ने नपार्नु, मन्त्री बन्नु र आफ्नो क्षेत्रकाे विकास गर्नु, धेरै पार्टी फेरेर नहिंड्नु ।’ भनेर शुभकामना तथा बधाई दिएकि छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार