मंसिर ८ काठमाडौ – दुई प्रदेश सभा रहेको सल्यानमा प्रदेश सभा (ख) मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुरेश अधिकारी विजयी भएका छन।

अधिकारी ३,७९० मतकाे अन्तरमा २०४०८ मत लिएर जित हात पारेका छन। भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुलाब जङ शाहले १६६१८ मत लिएका छन। विजयी अधिकारी गत स्थानीय तह निर्वाचनमा शारदा नगरपालिकाकाे प्रमुखमा विजयी भएका थिए भने जिल्ला सदरमुकाम समेत पर्ने उक्त नगरपालिकामा उनी उदाहरणीय नगर प्रमुखकाे रुपमा पहिचान राखेर कार्यकाल पूरा गरेका छन। भने पराजित भएका शाह २०७४ काे निर्वाचनमा प्रदेश सभा (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए तर उनले याे पल्ट निर्वाचन क्षेत्र परिवर्तन गरेर हुमिए पनि असफल भएका छन।

त्यस्तै राप्रपाका नारायण कुमार शर्मा (हलो) बाट २५७७, अशोक रेउले (छाता) बाट १३८, डण्डबिर पुन (घर) बाट ११३ र निर्मल सिंह (लालटिन) बाट २१५ मत पाएका छन।

जम्मा खसेको मत ४१९६७ मध्ये सदर ४००६९ मत थियाे भने बदर मत १८९८ रहेको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार