मंसिर ७ काठमाडौ – प्युठानबाट नेकपा एमालेका सुर्य थापा विजयी हुने निश्चित भएको छ।

अहिलेसम्मकाे मत परिणाम अनुसार थापाले ५ हजार २३३ मतको अन्तरमा अग्रता लिएका छन। जहाँ अब गणना गर्न ५ हजार २७ मत बाँकी छ। जसअनुसार विजयी हुनका लागि आवश्यक मत थापाले पाइसकेका छन।

थापाले अहिलेसम्म ३८ हजार ८९४ मत लिएका छन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेकि दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाएकी छन्। मतगणना जारी छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार