मंसिर ७ काठमाडौ – राष्ट्रिय जनमोर्चाको आधार इलाका मानिने बागलुङका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले क्लीन स्विप गरेको छ ।
बागलुङ १ (१) मा कांग्रेसका दीपेन्द्रबहादुर थापाले १३ हजार ८८४ मत पाएर विजयी हुदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर केसीले १२ हजार ४०५ मत ल्याए ।
बागलुङ १ (२) मा कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले १३ हजार ३२० मत लिएर विजयी हुदा उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले भने केबल ७ हजार २५३ मत ल्याए ।
बागलुङ २ (१) मा कांग्रेसका जित शेरचनले १५ हजार १०६ मत लिएर विजयी हुदा उनका प्रतिस्पर्धी नेकपा एमालेले समर्थन गरेको माओवादीका बागी उम्मेदवार प्रकाश घर्तीले १२ हजार ८ मत मात्र पाए ।
बागलुङ २(२) मा कांग्रेसका दाेर्णकुमार कुँवरले १२ हजार ४०८ मत ल्याएर विजयी हुदा उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत ल्याएका छन।