मंसिर ६ काठमाडौ – दाङ -२ मा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि अहिले मत गणना राेकिएकाे छ।

मत गणना गर्दै जानेक्रममा ८८ वटा मतपत्रमा मतदान अधिकृतकाे हस्ताक्षर नभएका मतपत्र भेटिएका हुन। जसमध्ये ३३ मत एमालेको सूर्य चिन्हमा छाप लगाइएका छन् भने ४९ मा मत माओवादी केन्द्रकाे हसिया हथौड़ामा छाप लगाइएका छन।

यहाँ मत गणना सुरु भए देखि नै गठबन्धनका तर्फबाट उम्मेदवार बनेकि माओवादी केन्द्रकि रेखा शर्माले सुरुवाती फराकिलो अग्रता कायमै राखेकी छन भने एमालेका शंकर पाेखरेल दाेस्राेमा छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार