मंसिर ६ काठमाडौ – रुकुुम पूर्वमा मत गणनासुरु भए संगै माओवादी केन्द्रका पुर्ण बहादुर घर्तीले सुरुवाती अग्रता कायमै राखेका छन।
अहिलेसम्म १ हजार ५८२ मतगणना हुँदा प्रतिनिधिसभामा तर्फ सत्ता गठबन्धनका उम्मेदवार घर्ती मगरले अग्रता लिएका छन्। घर्तीले ९२० मत लिएर अग्र स्थानका छन।
नेकपा एमालेका कैलाशकुमार मल्लले ४३४, स्वतन्त्र चन्द्रराज झाँक्री मगरले ५८ र नेस्नलिष्ट पिपल्स पार्टीका दलबहादुर बुढा मगरले ५७ मत लिएका छन।