मंसिर ५ काठमाडौ – लमजुङबाट जनता समाजवादी पार्टीकाे तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ६८ वर्षिय नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

गुरुङको सोमबार दिउँसो भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हाे । शुक्रबार बिहान वान्ता गर्न थालेपछि जिल्ला अस्पताल बेसीशहर लिएकोमा त्यहा उपचार सम्भव नभएपछि उनलाई शनिबारमात्रै भरतपुर लगिएको र भरतपुर अस्पतालमा पनि उपचार सम्भव नभएपछि निधन भएको जनाइएको छ । उनका श्रीमती सहित ४ छाेरा र २ छाेरी छन।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार