मंसिर ५ काठमाडौ – राेल्पाले चासाेकाे रुपमा हेरेकाे प्रदेश सभा (ख) मा माओवादी केन्द्रका बागी उम्मेदवार फराकिलो अग्रतामा छन।
अहिलेसम्म भएको मत गणना अनुसार १६८५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार `सिजल´ धारा चुनाव चिन्ह ८०१ मतका साथ अग्र स्थानमा छन।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले ३६९ मत लिएका छन भने नेकपा एमालेले ३९७ मत लिएको छ।