मंसिर ५ काठमाडौं – काठमाडौ – १ मा अहिलेसम्म नेपाली कांग्रेसका प्रकाशमान सिंहले आफ्नो सुरुवाती अग्रता कायमै राखेका छन् ।
अहिलेकाे अपडेट अनुसार कांग्रेसका सिंहलाई एमालेका किरण पौडेले पछ्याइरहेका छन भने राप्रपाका रवीन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन।
अहिलेसम्म ४ हजार मत गणना हुदा कांग्रेसका सिंहले १११८ मत ल्याउँदा एमालेका पौडेलले १०१९ मत ल्याएका छन् । बिहान देखि दोस्रोमा रहेका राप्रपाका मिश्र ८९६ लिएर तेस्रोमा झरेका छन। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २५७ मतका साथ चौथो स्थानमा छन् ।