कास्की-२ मा मतगणना पनि गएरराती १२ बजेबाट मतगणना सुरु भएको छ।
अहिले पहिलाे चरणमा वडा नम्बर १५ को कोलपाटन मतदान केन्द्रकाे ५४० मत गणना हुदा प्रतिनिधि सभा तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले १ सय ६२ मत पाएका छन् । नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले हालसम्म १ सय १० मत पाएका छन् ।
प्रदेशसभा तर्फ राप्रपका विजयबहादुर भण्डारीले १ सय ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १ सय ४५ मत पाएका छन् ।
यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १ सय ६ मत पाएका छन् भने लौरो चुनाव चिह्न पाएका हाम्रो नेपाली पार्टीका चेत महतले ५५ मत हासिल गरेको जानकारी दिइएको छ ।