कार्तिक २८ सल्यान – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा (क) साझा उम्मेदवार भिम प्रकाश शर्माले प्रतिगमन विरुद्धको गठबन्धन भएको र प्रतिगमन अन्त्य नभएसम्म गठबन्धनले निरन्तरता पाउने बताए । संविधान बचाउनको लागि बाम लोकतान्त्रिक गठबन्धन भएको र देशभर गठबन्धनको जीत सुनिश्चित भएको उनको भनाई छ ।
सोमबार बनगाड कुपिण्डे नगरपालिका आयोजित वडास्तरीय चुनावी सभालाई सम्बोधन गदै शर्माले निर्वाचित भएपछि साझा गठबन्धन पार्टीको नेतृत्वले निर्णय गरे अनुसार साझा काम गर्ने र राज्यको सुबिधा समेत साझारुपमा लिने बताए । विकास निर्माणका कामलाई निरन्तरता दिने सल्ली चौरजाहारी सडक बहुबर्षे तरिकाले बजेट आएको र अब त्यसको स्तरबृद्धिको जिम्मेवारी लिने जनाए । थारमारे-चौरजहारी सडकको कालोपत्रे गर्ने र अन्य सडकमा ग्राबेल सहित स्तर वृद्धि गर्ने बताए । साथै कालालेख नाथेखोला सडक, बामे सडक स्तर वृद्धि गर्ने पनि उनको प्रतिबद्धता रहेको छ ।
यस्तै बनगाड क्याम्पस सुरु गर्न आफुले नै त्यसको पहल गरेको समेत बताए । आफुले कुरा गरे अनुसार व्यबहारमा लागू गर्ने समेत शर्माको दाबी छ । अहिलेसम्म कुनै व्यक्तिगत स्वार्थ नलिएर जनताको सेवामा लागेको र त्यसको लागि सबैले सहयोग गर्नुहुन सबैमा अनुरोध गरेका छन ।
उनले आफू कर्णाली प्रदेश मुख्यमन्त्रीको राजनैतिक सल्लाहकार हुँदा होस या त्यो भन्दा बाहिर हुँदा आफुले आफ्नो क्षेत्रबाट लागे–पुगेसम्मको विकास निर्माण लगायतका महत्वपूर्ण काममा ठूलो भूमिका खेलेको बताए । सत्तामा जाँदा जिल्लाको लागि राम्रो काम गर्न सकिने भन्दै यस पटक सल्यानी जनताको लागि सुनौलो अवसर आएको र प्रदेश सभा (क) लागि सबैले गोलाकार भित्रको हँसियाहथौडा मतदान गरि अत्याधिक मतले जिताउन सबैमा अपिल गरे ।
अन्य राजनैतिक दलका नेताहरुले पहिले जनतालाई विभिन्न आश्वासन बाड्दै विभिन्न प्रलोभन देखाउदै जाने र सत्तामा पुगिसेपछि जनतासँग खाएका बाँचा कसम बिर्सने गरेकोप्रति आफू सजक भएर काम जनाए । विकास गर्नको लागि धेरै महत्वकांक्षी राख्नु भन्दापनि जनताको आधारभूत आवश्यकतालाई प्रथामिकतामा राखेर काम गर्ने उनले बताए । बनगाड कुपिण्डे नगरपालिका सदरमुकामबाट नजिक भएको अनुभूति गराउन प्रदेश सरकारबाट योजना पारेर बाटो, विभिन्न स्थानमा खानेपानिको चरम समस्यालाई निराकरण गर्ने बताए ।
शर्माले चुनावको बेला अन्य राजनैतिक दलका नेताहरुले आज भोली बिजुलीका पोल र तारमा राजनैतिक गर्ने गरेकाले सबै त्यसबाट सजक हुन अनुरोध गरे । सरकारले नै देशलाई २ वर्षभित्र लोडसेडिङ मुक्त नेपाल बनाउने भन्दै विजुलीका पोल र तार क्रमिक रुपमा पुरा हुने बताए । प्रदेश सभा (क) मा २५ हजार ९ सय घर धुरी मध्ये ५६ प्रतिशत घर धुरीमा बत्ति बली सकेकाले र कतिपए स्थानमा ट्यान्डर भैसकेको २ वर्ष भित्र सबै ठाउँमा बत्ति बाल्ने गरी संघीय सरकारले काम अगाडि बढाएको र प्रदेश सरकार र स्थानीय सरकारले पनि त्यसलाई सहयोग गर्ने उनको भनाइ छ ।
बनगाड कुपिण्डे नगरपालिका भौगालिक हिसावले पछाडि परेको र बस्ती डाँडामा भएकाले लिप्ट खानेपानीको माग धेरै आउने गरेको र कतिपय डि.पि.आर गरेर केन्दीय सरकार प्रदेश सरकार र स्थानीय सरकारमा थन्कीएकोले क्रमश आवश्यकताका आधारमा कामलाई अगाडी बढाउने र संघीय सरकारसँग पहल गर्ने बताए ।
सल्यान जिल्लाको टिनका छाना भएका विद्यालयलाई पाँच वर्षभित्र पक्की भवनमा परिणत गरी भौतिक पूर्वाधारमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । नेताहरूलाई सल्यानी जनताको एउटै गुनासो गर्ने गरेको र त्यो गुनासो भनेको चुनाव जितेर जाँदा गाउँ फर्कने र फोन गर्दा उठाउन आग्रह गरेको र त्यसलाई आफुले राम्रोसँग बुझेकाले फोन उठाउने र जनता कहाँ समय समयमा जाने उन सबै मतदातालाई प्रतिबद्धता गरे ।
यस्तै नेपाली कांग्रेसका क्षेत्रिय सभापति एवम् बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सह-संयोजक सुरेश चन्दले नेपाली कांग्रेसका सबै नेता कार्यकर्ता र मतदातालाई गठबन्धनका साझा उम्मेदवारलाई निर्धक भएर मतदान गर्न आग्रह गरे । पार्टीको सिपाही भएपछि पार्टीको निर्देशन मान्नु सबै कांग्रेसीहरुको धर्म भएकाले सबैले गठबन्धनका सबै उम्मेदवारलाई मत दिन र मत माग्न आग्रह गरे ।
चन्दले भिन्न स्थानमा गठबन्धन सम्वद्ध दलभित्र मतभेद भए पनि त्यसलाई निराकण गर्दै जाने र त्यसको जिम्मा आफुने लिने समेत बताए । उनले भने भिम प्रकाश शर्मा, सुरेश अधिकारी र प्रकाश ज्वाला कुनै पार्टीको उम्मेदवार नभएर गठबन्धन आवद्ध सबैको साझा उम्मेदवार भएकोले काम पनि साझा रुपमै गर्ने उनको भनाइ छ ।