कार्तिक २५ सल्यान – आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित प्रचारप्रसार कार्यक्रम अन्तर्गत नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला कालिमाटी गाउँपालिकामा सम्पन्न गरेको छ।
उक्त भेलामा जनअपेक्षा अनुसारको विकास लागि विभिन्न प्रतिबद्धता मतदाता समक्ष राख्दै आफुहरुलाई विजय गराउन उम्मेदवारहरुले अपिल गरेका छन।
कालिमाटी गाउँपालिका कमिटिको संयोजनमा भएको भेलामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्रवीर राय, एमाले पोलिटब्युरो सदस्य तथा सल्यान (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार गुलाबजंग शाह, समानुपातिक उम्मेद्वार राधा सुनार लगायतले आफुहरु निर्वाचित भएपछी सुशासन अभिवृद्धि गर्दै जनहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन।
सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरि ४ जना नेकपा एमालेमा समेत प्रवेश गरेका छन। नवप्रवेशिकाहरुलाई तीन जना उम्मेदवारले स्वागत गरेका थिए।
एमाले कालिमाटी गाउँपालिका कमिटीका अध्यक्ष केशर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका विभिन्न कमिटी र जनवर्गीय संगठनमा आवद्ध नेता तथा कार्यकर्ताकाे सहभागिता थियो भने पालिका कमिटीका उपसचिव मोहन वलीले स्वागत मन्तव्य दिएका थिए।