कार्तिक २० सल्यान – प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा एकीकृत समाजवादी नेता प्रकाश ज्वालाले आफ्नाे यसअघिका संसदीय कार्यकालमा साेचेजति काम गर्न नसकिएको र बाँकि काम अब क्रमिक रुपमा गर्दै जाने बताएका छन।
आइतबार बनगाड कुपिन्डे नगरपालिका स्थित सल्लीबजारमा अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बाेधन गर्दै ज्वालाले भने: ‘संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगाउन लाग्दा हामीले पहिले सोचे जस्तो काम गर्न नपाएको हो,अब हामी समग्र सल्यानको यस भेगको देखिने गरी काम गर्छौँ ।´
बनगाडमा घरदैलो कार्यक्रममा गरिरहदा अधिकांश मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटो छरितो सेवा प्रवाहमा व्यवस्थापन गर्न आफ्नाे ध्यानाकर्षण समेत गरेको बताएका छन।
अब संविधान कार्यान्वयन सँगै आर्थिक विकासका लागि सल्यानमा सत्ता गठबन्धनलाई मत दिई सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न र संविधानको रक्षा गर्न आम सल्यानी जनताले सघाउन समेत आग्रह गरे।
प्रदेश सभा (क) का उम्मेदवार तथा माओवादी केन्द्रका नेता भीम प्रकाश शर्माले विशेष गरि याे क्षेत्रमा रहेको पानीको मुख्य समस्यालाई तीन वटै तहका सरकारले समन्वय गरि समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।