कार्तिक १३ राेल्पा – नेकपा माओवादी केन्द्र पाेलिटब्युराे सदस्य, राेल्पा जिल्ला इन्चार्ज लगाएत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र कुमार पुन `सिजल´ ले पार्टीले आफू माथि गरेको कारबाहीले कुनै पश्चाताप नभएको बताएका छन।

गठबन्धनको निर्णय विरुद्ध असन्तुष्ट रहदै राेल्पा प्रदेश सभा `ख´ बाट स्वतन्त्र उम्मेदवारी दिएका सिजलले आइतबार बिहान सामाजिक संजाल फेसबुक मार्फत उक्त प्रतिक्रिया दिएका हुन।

माओवादी केन्द्रले सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने सिजल सहित पाँच नेतालाई ११ कार्तिकमा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि सिजलले विगतलाई स्मरण गराउदै राेल्पाका तमाम सहिद परिवार,बेपत्ता परिवार,घाइते/अपाङ्ग र आम साथिहरुकाे अनुराेधमा आफुले उक्त निर्णय लिएको हुदा पार्टीको कारबाहीले आफुलाई पश्चाताप नभएकाे दावि गरेका छन।

माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्यहरु मध्ये सिजल, हेमराज भण्डारी, अशोक कुमार मण्डल, वीरेन्द्र यादव, र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको जनाए संगै पार्टीबाट पुर्णरुपमा निलम्बित बनिसकेका छन।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज/अध्यक्षको नाममा विशेष परिपत्र पठाउदै उनीहरूलाई कारबाही गरिएको जनाइएको छ। भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् भने यादवले मधेस प्रदेश पर्सा निर्वाचन क्षेत्र नं ४ (क) बाट गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सिजल लेख्छन्; २०५३ साल देखि पार्टिलाइ ध्वस्त बनाउनेहरु प्रधानमन्त्रि देखि लिएर तलका सबै पद प्रतिष्ठा प्राप्त गरे,कतिपय आज प्रयन्त बहाल छन्।मेराे घरहरु ध्वस्त भए ,घरबाट दुइ ज्वाइ र बैनि गुमाए तर २०७९/०७/११ गत्ते गठबन्धनकाे निर्णय नमाने बापत पार्टि सदस्य गुमाए| याे मेराे निर्णय मेराे लागि अप्रिय त थियाे। तर राेल्पाका तमाम शहिद परिबार,बेपत्ता परिबार,धाइते/अपाङ्ग र अाम साथिहरुकाे अनुराेधभा याे निर्णय गरेकाे हु। तसर्थ याे कार्बाहि प्रति मलाइ कुनै पनि पश्चाताप छैन।किनकी मैले कुनै पनि बैचारि, आर्थिक र सास्कृतिक कमजाेरी गरेकाे छैन।बाकि आगामि दिनहरुमा म प्रति कस्ताे रबैयारहन्छ तदनुसार सहुला बुझाउला।अागामि मङ्सिर ४ गत्ते धारामा मतदान गराै, स्वतन्त्र उमेरव्दार दिपेन्द्र कुमार पुन मगरलाइ अत्यधिक मतदिइ बिजय गराअाै। धन्यबाद

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार