असाेज २६ काठमाडौं – नेपाली कांग्रेसले सत्ता गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उम्मेदवार र उनको प्रस्तावक तथा समर्थकलाई ५ वर्षको लागि निस्कासन गरेकाे जनाएको छ।

कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निस्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार