असाेज २३ राेल्पा – सत्ता गठबन्धनले उछिट्याएपछि माओवादी केन्द्रका पाेलिट्ब्यूराे सदस्य तथा राेल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन ‘सिजल’ले स्वतन्त्र उम्मेदवारी दर्तावाल गराएका छन।

सत्ता गठबन्धनको भाडबण्डा अनुसार दुई प्रदेश सभा र एक प्रतिनिधि सभा रहेको राेल्पामा प्रदेश सभा `क´ माओवादी केन्द्र र प्रदेश सभा ख´ नेपाली कांग्रेसलाई परेपछि प्रदेश सभा `ख´ मा उम्मेदवारका दाबेदार मानिएका पुनलाई गठबन्धनले उम्मेदवार नबनाएपछि नेता सिजलले पार्टीबाट राजिनामा दिदै राेल्पा (ख) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन।

गठबन्धनबाट प्रदेशसभा (क) माओवादीका जाेखबहादुर महरा र (ख) मा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले टिकट पाएका छन्। सभापति पुन पनि गठबन्धन नभएको खण्डमा प्रतिनिधि सभाका दावेदार हुन भने अब प्रदेश सभामा उम्मेदवारी दिए संगै लुम्बिनी प्रदेश मुख्यमन्त्रीकाे दाबेदारीमा छन।

वाम–लाेकतान्त्रिक गठबन्धनबाट कांग्रेसका लुम्बिनी प्रदेश सभापति प्रदेशसभा (ख) मा उम्मेदवार बनेका छन्। माओवादी नेता–कार्यकर्ताहरूले गठबन्धनको निर्णयविपरीत सिजललाई उम्मेदवार उठाउने निर्णय गरेका छन्।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार