असाेज २३ सल्यान – आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि गठबन्धनले पनि उम्मेदवारकाे टुंगो लगाएको छ।
जिल्लामा भएको एक प्रतिनिधि सभा र दुइ प्रदेश सभामा सल्यानमा भएका सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुक्त उम्मेदवारकाे नाम टुंग्याएका छन।
जस अनुसार गठबन्धनबाट प्रदेश सभाका लागि एकिकृत समाजवादीबाट प्रकाश ज्वालालाई चयन गरेको छ। त्यसै गरि प्रदेश सभा ‘क’ बाट नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्मा र प्रदेश सभा ‘ख’ बाट नेपाली कांग्रेसका सुरेश अधिकारी चयन भएका छन।
एमालेले पनि उम्मेदवार चयन गरिसकेको छ। प्रतिनिधि सभामा भर्खरै राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेका राजेन्द्र बिर रायलाई उम्मेदवार चयन गरेको छ।
प्रदेश सभा (क) मा कुल बहादुर गिरी र प्रदेश सभा (ख) बाट गुलावजंग शाहकाे नाम चयन भएका छन । यद्यपि एमालेले सल्यानमा गठबन्धनको उम्मेदवारी चयनपछिकाे अवस्था `पर्ख र हेर´काे रणनीति मै छ अब गठबन्धनका उम्मेदवार समेत चयन भएपछि एमालेले नयाँ निर्णय लिन्छ वा यहि कायम गर्छ भन्ने आधिकारिक आइतबार दिउँसो एकिन हुनेछ।