असाेज २३ सल्यान – नेकपा एमाले सल्यानले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाएको छ।
जिल्लामा भएको एक प्रतिनिधि सभा र दुइ प्रदेश सभामा नाम टुंग्याउदै प्रतिनिधि सभामा भर्खरै राप्रपा नेपालकाे केन्द्रीय उपाध्यक्ष भइसकेको अवस्थामा पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका राजेन्द्र वीर रायलाई उम्मेदवार चयन गरेको छ।
प्रदेश सभा (क) मा कुल बहादुर गिरी र प्रदेश सभा (ख) बाट गुलावजंग शाहकाे नाम चयन गरिएको छ । शाह २०७४ काे निर्वाचनमा प्रदेश सभा (क) बाट निर्वाचित भएका थिए ।