असाेज २१ सुर्खेत – नेकपा एमालेका युवा नेता रवि किरण हमालले प्रेस वक्तव्य जारी गर्दै एमालेका तर्फबाट तत्कालीन संविधानसभा सदस्य उम्मेदवार ऋषि प्रसाद शर्माको हत्याको राजनीतिक कारण र संलग्नता समेत छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकार सङ माग गरेका छन् ।
तत्कालीन संविधानसभा सदस्यका लागि सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार ऋषिको २०६४ साल चैत्र २६ गते सुर्खेतको लोदे भन्ने ठाउँमा हत्या भएको थियो । घटना भएको लामो सयम हुँदा पनि घटनाको वास्तविकता बाहिर आउन सकेको छैन ।
हत्या भएको डेढ दशक बितिसक्दासम्म पनि शर्माका कार्यकर्ता, शुभचिन्तकको मानसपटलमा घटना ताजै छ । देखावटी रुपमा उठाइएका कारबाहीका मुद्धा र मागहरु बिर्सेपनि कारवाहीका लागि उठेका वास्तविक आवाजहरु भने अझै मत्थर भएका छैनन् ।
केही हप्ता अगाडि मात्र एमाले प्रवेश गरेका रवि किरण हमालले मङ्सिर ४ को निर्वाचनमा ऋषि हत्याकाण्ड प्रमुख एजेन्डा बन्नुपर्ने माग राखेका छन् ।
“यसपालि हाम्रो प्रिय् नेता सहिद कमरेड ऋषि प्रसाद शर्माको हत्या किन गरियो ? योजनाकार को थिए ? र हत्याको पछाडिको राजनैतिक लाभ के थियो ? भन्ने कुरा प्रमुख एजेन्डा बन्नुपर्छ ।´´ किरणले वक्तव्यमा भनेका छन् ।
ऋषि हत्याकाण्डमा नेपाली काङ्ग्रेसका नेता पुर्ण बहादुर खड्काको हात हुनसक्ने आशंकाहरु जनमानसमा छन् ।