असाेज २१ दाङ – नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पुर्व सांसद समेत रहेकि गंगा चौधरीले स्वतन्त्र उम्मेदवार दिने घाेषणा गरेकि छन।

शुक्रबार दिउँसो चौधरीले सामाजिक संजाल फेसबुक मार्फत आफुले स्वतन्त्र उम्मेदवारी घाेषणा गर्न लागेको पुर्व जानकारी स्वरुप सार्वजनिक गरेकि छन। यसाे त चौधरीले दाङ क्षेत्र नम्बर -१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेकि छन।

पार्टीमा सहमतिकाे आधारमा उम्मेदवार पाउन धेरै लडाइँ लडेकि चौधरीले समानुपातिकमा नाम सिफारिस नभएपछी आफुलाई पार्टीबाट उम्मेदवार चयन गर्ने अवस्था नदेखेपछि विकल्पमा स्वतन्त्रबाटै निर्वाचन लडने निर्णयमा पुगेकि हुन।

उनी लेख्छन्;`आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ।´

उनी नेकपा एमालेमा प्रभावशाली महिला नेतृकाे रुपमा परिचित छन।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार