असाेज ९ काठमाडौं – धनकुटामा नेकपा माओवादी केन्द्रका सबै नेताहरुले सामूहिक राजीनामा दिदै स्वतन्त्र अभियान घोषणा गरेर चुनाव लड्ने भएका छन।

शनिबार बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजक सहित सबैले राजीनामा दिने निर्णय गरि संयुक्त विज्ञप्ति सार्वजनिक गरेका हुन।

पार्टीबाट संयुक्त रुपमा राजिनामा दिएपछि पाेलिटब्युराे सदस्य हेमराज भण्डारी `सुदर्शन´को नेतृत्वमा स्वतन्त्र अभियान घोषणा गरेर चुनाव लड्ने सहमति भएको निवर्तमान संयोजक डिल्लीराम राईले विज्ञप्ति मार्फत बताएका छन।

केन्द्रीय अध्यक्ष प्रचण्डलाई नै भण्डारीले गत भदौ २९ गते राजनैतिक र वैचारिक असहमतिको कारण राजीनामा दिएको जानकारी समेत गराइसकेको र अब स्वतन्त्रबाट प्रदेश सभाको लागि स्वतन्त्र उम्मेदवार तय गर्न छलफल गर्ने समेत तयारी थालेका बताएका छन।

राजिनामा दिनेमा पोलिटब्युरो सदस्य भण्डारी सहित केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र र जिल्ला सदस्य १ सय ५० जना रहेका छन।

भण्डारी पुर्व सांसद पनि हुन। उनी २०६४ काे संविधान सभा निर्वाचनमा विजयी भएका थिए।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार