भदौ २६ दाङ – आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधि सभा तर्फ दाङ निर्वाचन क्षेत्र नं. -२ मा नेकपा (माओवादी केन्द्र) बाट केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा सहित तीन जना सिफारिस भएका छन।

नेकपा माओवादी केन्द्र क्षेत्र नं. २ समन्वय समितिको आइतबारको बैठकले केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख समेत रहेका महरा, पूर्व मन्त्री रेखा शर्मा खड्का र पार्टी जिल्ला इन्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरेको माओवादी केन्द्र दाङले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार