भदौ १५ काठमाडौं – चर्चित हास्य कलाकार कुमार कट्टेल `जिग्री´ ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

कट्टेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने गरि झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिने भएका छन। कट्टेल पनि त्यहिका मतदाता समेत हुन।

यद्यपि कट्टेलले आधिकारिक रुपमा उम्मेदवारी घाेषणा गरेका छैनन तर उनी निकटका साथिहरुले `स्वतन्त्र सरकार निर्माण गरौं, भ्रष्ट सरकार बिदा गरौं´ भन्ने चुनावी नारा सहित पाेस्टरहरु सार्वजनिक गर्दै अग्रिम बधाई भनेर सामाजिक संजाल मार्फत सार्वजनिक गरिरहेका छन।

हास्य टेलिश्रङखला भद्रगोल हुँदै सक्किगाेनीका लेखक तथा परिकल्पनाकार समेत रहेका कट्टेल हास्य बिधाबाट राष्ट्रिय हास्य कलाकारकाे रुपमा परिचित छन। यसअघि देखि नै उनकै सहाेदर दाइ भाउजू सिताराम कट्टेल `धुर्मुस´ र कुञ्जना घिमिरे `सुन्तली´ संग जाेडिएर विभिन्न सामाजिक कार्य समेत गर्दै आएका छन।

स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुका पक्षमा खुलेर प्रचारप्रसार गरेका कट्टेल काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहकाे पक्षबाट मतगणनामा प्रतिनिधि समेत बनेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार