भदौ ७ काठमाडौ – नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपा सहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज गरेकाे नेपाल बन्द प्रभाव देशभर परेकाे छ।

यसैक्रममा काठमाडौ उपत्यकामा भने छिटफुट रुपमा सवारीसाधन चलिरहेका छन। बन्दकाे अवज्ञा गरेकाे भन्दै बिहान काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक बसमा बन्द कर्ताले ताेडफाेड गरेका छन।

बिहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेकाे काठमाडौ जिल्ला प्रहरी परिसरले जनाएको छर

त्यस्तै उता दाङमा पनि बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

गुडिरहेको टिप्पर राेकेर चारपाँच जनाको समुहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा पेट्रोल छर्केर आगो लगाएर फरार भएको बताइएको छ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार