भदौ ४ काठमाडौ – नेपाली कांग्रेसका नेता तथा सासंद प्रदीप गिरिको स्वास्थ्य अवस्था बारे उनकाे परिवारले विज्ञप्ति सार्वजनिक गर्दै गिरिकाे अवस्था गम्भीर रहेको जनाएको छ।

शनिबार नेता गिरिकाे परिवारका तर्फबाट भारती सिलवाल गिरिले विज्ञप्ति सार्वजनिक गर्दै गिरिलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो समय शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएकि छन।

उक्त विज्ञप्तिमा अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय-समयमा स्वास्थ्य चेकअप गरिरहेकाे विज्ञप्तिमा उल्लेख छ।

नेता गिरिकाे स्वास्थ्य अवस्था बुझन शनिबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ र मध्यान्हतिर राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल पुगेका थिए।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार