साउन २२ नवलपरासी(पुर्व) – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा नवलपरासी(पुर्व)काे निर्वाचन क्षेत्र नं. -१ बाट चौथोपटक पुन: उम्मेदवारी दिने घोषणा गरेका छन् ।
लगातार तीन पटकसम्म संघीय सांसदमा निर्वाचित सांसद बनेका काेइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणी देखि देवघाटसम्म नारायणीको किनारै किनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्याक्रम लागू गर्ने प्रतिबद्धता सहित उम्मेदवारी घाेषणा गर्दै निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई अपिल समेत गरेका छन।
हालै सम्पन्न प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा सम्मानका लागि आयाेजना गरिएको कार्यक्रमलाई सम्बाेधन गर्न प्रमुख कोइरालाले नवलपरासी (पुर्व) पुगेका थिए।