साउन ५, सल्यान – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सल्यान प्रदेश सभा (क) सल्यानको क्षेत्रीय संयोजकमा कमल चन्द मनोनित भएका छन ।

नेपाली कांग्रेस प्रदेश सभा (क) सल्यानको आयोजनामा असार २८ गते बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा बसेको बैठकले चन्दलाई संयोजक तोकेको हो । सल्यान प्रदेश सभा (क) अन्तर्गतका पालिकाहरुसँग समन्वय गरि २ महिना भित्र पालिकाहरुमा चुस्त र दुरुस्त तरुण संगठन निर्माण गरि असोज ८ गते सिद्द कुमाख गाउँपालिका ढोरचौरमा बस्ने पार्टी क्षेत्रको बैठकमा आफ्नो राय सहित संगठनको परिस्थित पेश गर्न अनुरोध गरिएको कांग्रेस प्रदेश सभा (क) सल्यान सभापति सुरेश चन्दले जानकारी दिए ।
यसैगरी सभापति कमल चन्दले जतिसक्दो चाडाे भातृ संगठन तथा शुभेच्छुक संस्थाहरूको निर्माण गरि पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार