असार २० सल्यान – आफ्नै पार्टीको एक जिल्ला नेतृसँगको राेमान्स टिकटक भिडियोबाट विवादमा तानिएका कर्णाली प्रदेश सांसद तथा एमालेका प्रदेश प्रमुख सचेतक गुलाबजंग शाहले आफू माथि प्रविधिकाे दुरुपयोग गरि अन्याय गरेको बताएका छन।
सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित शाह कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक संगै एमालेको कर्णाली प्रदेश सह इन्चार्ज र एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टीका वली बिचकाे राेमान्स देखिने भिडियो सार्वजनिक भएपछि शाहले पत्रकार सम्मेलन गरेका हुन्।
साेमबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै शाहले पत्रकारसँग न्याय माग्न आएको बताए । प्रविधिको दुरुपयोग गरेर आफ्नो बदनाम गर्न खोजिएको दाबी पत्रकार सम्मेलनमा गरेका छन यद्यपि उनले याे प्रतिक्रिया सामाजिक संजाल मार्फत उक्त भिडियो बाहिरिए लगत्तै पनि कारबाहीको चेतावनी सहित बताएका थिए।
शाह भन्छन, ‘त्यो भिडियो हेर्दा मलाई इमोसनलेस भएर सुतेको देखाइएको छ, मेरो शरीर छैन, आँखा छैन, जुँगा पनि ठूलाठूला बनाइएको छ, मायाप्रितिको गीत बजाउँदा मेरो थोरै मात्र पनि गतिविधि भएको भए, मेरो सहभागीता भएको भए, आरोप लगाउन सकिन्थ्यो । यदि त्यो यथार्थ भएको भए मैले पनि केही रियाक्ट गर्थेँ होला नि त ।’
तपाईं विरुद्ध कसैले षडयन्त्र गरेको आशंका छ ? भन्ने पत्रकारको प्रश्नमा शाह भन्छन, ‘म कसैलाई दोष लगाउन आएको होइन, अनुमानको भरमा कसैलाई दोष दिएँ भने त्यो अर्को अपराध हुन्छ, तर, यस्तो तथ्यहिन भिडियो आउनु हुँदैनथ्यो यस्तो कुराले समाजमा धेरै नकारात्मक असर गर्छ ।’
आफू अन्यायमा परेकाले न्यायका लागि पत्रकारबाट सहयाेग माग्दै शाहले भने ‘अहिले ममाथि अन्याय भएकाले तपाईंहरु समक्ष न्याय माग्न आएको छु, यो पहिलो खुड्किलो हो, त्यसपछि अरु कुराहरु आउँछन्।´
प्रदेश सांसद शाह र वलीको उक्त भिडियो वलीकै आफ्नै टिकटक अकाउन्ट @tikaoli035 बाट उनी दुई बिचकाे अन्तरंग भिडिओ सार्वजनिक भएको थियाे।
उक्त भिडियोमा सांसद शाह मस्त निद्रामा देखिन्छन् भने टिकाले ‘मायाजाल बुन्छु म’ बोलको गीतमा एउटै ओछ्यानमा गाला जोडेर सुतेको उनिहरु गुलाबजंगको गाला सुम्सुम्याउदै एकल अभिनय गरेकाे देखिन्छ। यसाे त उक्त भिडियो टिकाले एक्लै स्वइच्छाले बनाएकाे देखिन्छ तर त्यसपछि असावधानीवस पाेष्ट भयाे वा चाहेर भयाे तर त्यसको केही समयमै भिडियाे त्याे एकाउन्टबाट डिलिट गरियाे भने अहिले उक्त अकाउन्ट् निष्क्रिय समेत गरिएकाे छ।
भिडियो देख्ने बितिक्कै डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जरहरुमा छताछुल्ल भएपछि भिडियो सार्वजनिक भएको हाे।
उता टिकाले पनि त्याे भिडियो वास्तविक नभएर चरित्र हत्या गर्न खाेजिएकाे बताएकि छन। गत स्थानीय तहको चुनावपछि आफुले टिकटक नचलाएकाेले याे भिडियो आफुबाट सार्वजनिक नभएको बताएकि छन ।
जनसहारासंग कुरा गर्दै उनले आफुले यस्तै खाले टिकटक आफ्नो श्रीमानसंग बनाएको फेसबुक स्टोरीमा राखेको र त्यहाँबाट तानेर ईडिट गरेर राख्दिएको बताएकी छन । उनले यो भिडियो टिकटकमा नै नराखेको बताउँदै आफ्नो टिकटक आईडि पनि @tikaoli358 भएको र फेक आइडिहरु बनार पोष्ट गर्दिएको बताईन । वलीले यो भिडियो ईडिट सल्यानका २ जना पुरुष र १ महिला मिलेर बनाई पत्रकारलाई बुझाएको र तिनिहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने र छानबिनमै रहेको बताईन । यस्तै उनले अर्काकी छोरी, चेली, बुहारीको चरित्र हत्या गर्न नमिल्ने भन्दै तुरुन्तै यस विषयमा मुद्दा दायर गर्ने समेत जानकारी दिईन ।