असार १५, सल्यान – जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले बर्षायाममा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग १ मिनेट कार्यक्रम र सडकमा हिड्ने बिध्यार्थीहरुलाई सडक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बर्षायामको समयमा हुस्सु लागेर बाटो नदेखिने समस्या र यो समयमा सडक बाटोहरु खराब हुने भएकाले दुर्घटना हुने संभावना बढी हुने भएको र चालकहरुले सतर्कता गम्भीर रुपले अपनाउने पर्ने भन्दै आफुहरु दुर्घटना न्युनिकरणका लागि निरन्तर फिल्डमै खटिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विकले बताए । उनले सडक बाटोमा हिड्ने बिध्यार्थीहरुले पनि अपनाउनु पर्ने सचेतना राम्रोसँग अपनाउनु पर्ने भन्दै कार्यक्रम सुरु गरिएको बताएका छन् ।

साथै सल्यान ट्राफिक कार्यालयले सवारी चालकहरुलाई बर्षायाममा सवारी साधन तिब्र गतिमा नचलाऔं,आफू पनि बचौं र अरुलाईनी बचाऔं भनी अनुरोध सम्म गरेका छन् ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार