असार ११ काठमाडौ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘माकुरी जालमा’ परेको संघ्या दिएका छन।

सामाजिक सञ्जाल ट्विटर मार्फत बास्काेटाले लेखेका छन: ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्या’थ्यो। बल्ल पर्‍यो निरमाया माकुरी जालैमा!’

एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषय पेचिलो बन्दै गएपछि नेता बास्कोटाले गएराति ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्।

एकीकृत समाजवादीले बहालवाला मन्त्री फिर्ता गर्ने र नयाँ पठाउने निर्णय गरेको तीन साता बितिसके पनि कार्यान्वयन भएको छैन। आज पनि त्यसकै टुंगो लगाउन नेकपा एसकाे केन्द्रीय समिति बैठक बस्दै छ।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार