असार १० सल्यान – बागचौर नगरपालिकाको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राख्ने र नराख्ने भन्ने विषयमा विवाद भएको छ।
माओवादीका जनप्रतिनिधिहरुले विगतदेखि नै नगरसभामा जनयुद्ध शब्द राख्ने गरेको तर अहिले जनयुद्ध भन्ने शब्द हटाएकोले आपत्ति रहेको जनाउदै माओवादीका जनप्रतिनिधिले जनयुद्ध शब्द नराख्दा सम्म नीति तथा कार्यक्रम पास गर्न नहुँने भन्दै उपप्रमुख सुम्मिना डिसी लगायत माओवादीबाट र समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको टिम सभाबाट बाहिरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुतको समयमा कार्यपालिकामा सल्लाह भए भन्दा विपरीत कुरा जनयुद्ध शब्द हटाएको र करार कर्मचारीको विषयमा कुनै कुरा नउठेको तर सल्लाहविना नै आफुले मनोमानी ढंगले राखेको भन्दै आफुहरुको सहमत नभएको उप-प्रमुख डि.सी.ले बताईन ।
यस्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिले यस विषयमा बहुमत पुर्याएर पास गरेको भन्ने छ त भन्ने प्रश्नमा जनसहरासँग कुराकानीमा एमालेबाट निर्वाचित एक जना जनप्रतिनिधिले भने हामीले त्यसमा छलफल गर्नु पर्छ भन्ने कुरा राखौला भनेर सोच्दा-सोच्दै नगर प्रमुखले घोषणा गरिसक्नु भयो । यस विषयमा अहिले धेरै कुरा नराखी छलफल गर्ने कुरा रहेको जानकारी गराए । यस्तै सभाका सभाध्यक्ष नगर प्रमुख जनकराज गौतमले जनयुद्ध शब्द हटाईएको र नीति तथा कार्यक्रमलाई संसोधित सहित पास गरेको घोषणा गरेका छन ।