असार ५ काठमाडौ – नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक १२ लाख सदस्यता १५ हजार कमिटी निर्माण गर्ने लक्ष्य सहित १९ कमाण्डमा अभियान परिचालन टिम बनाएर `विद्यार्थीसँग अखिल(क्रान्तिकारी) मुल नारामा ३ महिने अभियान´ संचालन गर्ने निर्णय गर्दै संगठनको तेस्रो पुर्ण विस्तारित बैठक सम्पन्न भएको छ।
काठमाडौमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको समेत टुंगो लगाएको छ भने विभागका प्रमुखहरू आन्तरिक तयारीपछि टुंगो लगाउने निर्णय गरेकाे छ ।
क्रान्तिकारीले आन्तरिक सहजका लागि र संगठनका विभिन्न कामहरुको बाँडफाँडका लागि विभिन्न उप-समितमा २७ विभागहरु पनि गठन गरेको जनाएको छ।
यसअघि देखि नै संगठनको महासचिवमा दावी गरिरहेका नेता पवन कार्कीसहित ९ जनालाई कारबाही गरेको जनाएको छ। कारबाही पर्नेहरूमा बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, संजिव चौधरी, रविन बस्नेत र समिर बुढाथोकी रहेकाे क्रान्तिकारीले जनाएको छ ।
कार्कीले आजको बैठकका क्रममा हल भित्रै नारावाजी गरेको, युवाहरुलाई उतारेर बैठक भाड्न खोजेको, हुलदंगा गरेको र यसअघि पनि कार्कीले सामान्नतर भेला आयोजना गरेकाे भन्दै पहिले नै संगठनले कारबाही गरेको थियो तर प्रचण्डको निर्देशन पछि समानान्तर भेला र कारबाहीको निर्णय रद्द गरिएकाे थियाे भने अहिले कार्कीले संगठन भाडने कार्य तिव्र गरेका कारण कार्कीलाई कारवाही गर्ने निर्णय गरिएको जनाइएको छ।