असार २ काठमाडौ – सैन्य साझेदारीसम्बन्धी अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुन नेपाली सेनाले ७ वर्ष अघि नै सरकारकाे निर्णय भन्दै पठाएको पत्र सार्वजनिक भएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री नियुक्त भएकाे १५ दिनपछि अर्थात कार्तिक २०७२ कार्तिक १० गते नेपाली सेनापति राजेन्द्रबहादुर क्षेत्रीले सरकारको निर्णय भन्दै तत्कालीन अमेरिकी राजदूत एलाइना बि. टेप्लिजलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपालमा एसपीपी कार्यान्वयन गर्न पाउनु नेपालका लागि सम्मानको विषय भएको पत्राचार गरेको पत्र अहिले सार्वजनिक भएको छ। त्यसबेला रक्षा मन्त्रालय पनि तत्कालीन प्रधानमन्त्री ओलीले नै सम्हालेका थिए।
सरकारको स्वीकृती लिएर नै एसपीपीमा सहभागी हुन सेनाबाट पत्राचार भएको रहस्य अहिले नेपाली राजनीतिमा आएकाे नयाँ तरंगपछि सार्वजनिक भएको छ।
नेपालले एमपिपीमा सहभागी हुन पत्राचार गरेपछि सन् २०१९ मा अमेरिकाले स्वीकारसमेत दूतावासले उल्लेख गरेको छ।
यसै बारे आफ्नो ध्यानाकर्षण भएको भन्दै नेपाली सेनाले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अहिलेसम्म त्यस्ता कुनै सैन्य सम्झौता नभएको र आगामी दिनमा पनि गर्न नहुने बताएको थियोे। अहिले उक्त सार्वजनिक भएसंगै पत्रको सत्यताबारे नेपाली सेनाको मुख्यालयमा आकस्मिक बैठक बस्ने तयारी भएको नेपाली सेनाले जनाएको छ।
पछिल्लो समय उक्त पत्र नक्कली भएको भने अझै आधिकारिक खुलिसकेकाे छैन।