जेठ १० चितवन – भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन।
दाहालले १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । दाहालले ५२ हजार ३० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत पाएका हुन। त्यस्तै प्रमुखकै अर्का उम्मेदवार कांग्रेसका बागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाएका हुन।
उमप्रमुखमा विजयी भएका अधिकारीले ५२ हजार ८ सय ३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत पाएकि छन।