जेठ ६, सल्यान – सल्यानको बागचौर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरु बागचौर बजार सरसफाइ अभियानमा जुटेका छन् ।

स्थानीय तह २०७९ निर्वाचन बाट निर्वाचित भएका जनप्रतिनिधिहरु बागचौर बजार सरसफाइको अभियानमा जुटेका हुन ।

नेपाली काँग्रेसको तर्फबाट बागचौर नगरप्रमुखको पदमा निर्वाचित नगर प्रमुख जनकराज गौतम र माओवादी केन्द्रको तर्फबाट बागचौर उपप्रमुख पदमा निर्वाचित सुम्निमा डि.सी. (वली) को नेतृत्वमा भएको बागचौर बजार सरसफाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सरोकारवाला निकायका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वाचनको समयमा भएको फोहरलाई व्यवस्थापन गर्न आफुहरु लागि परेको सहभागीले बताएका छन् ।

नव निर्वाचित जनप्रतिनिधिहरुले बागचौर नगरपालिकाको बिकासका लागि जनपक्षीय काम गर्नु पर्नेमा स्थानीय वासिन्दाहरुले जोड दिएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार