जेठ ६ रुकुम पश्चिम – मुसिकोट नगरपालिका प्रमुख नेपाली कांग्रेसले लिएको छ भने उपप्रमुख एकीकृत समाजवादीले लिएको छ।

प्रमुखमा विजयी कांग्रेसका महेन्द्र केसीले ६९१४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी ६९०१ मत प्राप्त गरे जहाँ १३ मतान्तरले केसी प्रमुखमा विजयी भएका हुन।

त्यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका बिमलकुमार पुनमगर विजयी भएका छन्। उनले ६१४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी थलबहादुर ओलीले भने ५९८५ मत प्राप्त गरे।

उसाे त माओवादी केन्द्रका प्रभावशाली नेता मानिने तथा हालका अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा `प्रभाकर´काे गृह नगर पनि हाे मुसिकाेट नगरपालिका। तर नगर भन्दा पनि शर्माकाे वडामै माओवादी केन्द्र पराजित भएको छ।

वडा नं. -५ का स्थायी बासी रहेका शर्माको वडामा नेपाली कांग्रेसले जितेकाे छ। उता वडा र यता नगर पनि उछिन्निए पछि माओवादी केन्द्रकाे प्रभावशाली नेताकै गृह नगरमा विरासत रहेन।

याे नगरपालिकामा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग गठब गरेको थियो भने नेपाली कांग्रेस र नेकपा एमालेबीच पनि तालमेल थियो।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार