जेठ ५ सल्यान – बागचौर नगरपालिका सल्यानकाे प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ भने उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

प्रमुख गौतमले ६०२७ मत प्राप्त गरि निर्वाचित भएका हुन । यस्तै उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का कृति बहादुर पुनले ५५९४ मत प्राप्त गरेका छन भने नेकपा एमालेका तिलक मल्लले ३४२० मत ल्याएका छन ।

यस्तै नगर उपप्रमुख विजयी डिसी वलीले ६६१४ मत प्राप्त गरि निर्वाचित भएका छन भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका तर्फबाट दिपा बस्नेतले ३१०८ मत प्राप्त गरेकी छन भने नेकपा एमालेको तर्फबाट भक्त कुमारी बिएम केसीले ५२३४ मत प्राप्त गरेकी छन ।

१२ वटा वडा रहेकाे याे नगरपालिकामा कांग्रेस बहुमत वडा सहित विजयी भएको छ। कांग्रेसले ६, माओवादी केन्द्रले ३, एमालेले २ र एकीकृत समाजवादीले एउटा वडा जितेका छन् । यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादी बिच गठबन्धन थियोे।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार