जेठ ५, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.१ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गंगाराम बस्नेत विजयी भएका छन । बस्नेतले कुल ४३० मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बुद्धि बोहराले ३८१ मत ल्याएका छन ।
यस्तै नेकपा एमालेका उम्मेदवार शोबाराम बस्नेतले ३७९ मत मत प्राप्त गरेका छन ।
यस्तै सदस्यहरुमा सबै नेकपा माओवादी केन्द्रका र १ जना सदस्य नेकपा एमालेको विजय भएका छन ।
यश वडामा जम्मा कुल मत १२७६ खसेको थियो ।

यस्तै बागचौर नगरपालिका हालसम्म ११ वटा वडाको मतगणना भैसकेको छ । जसमा ५ वटा ३, ५, ८, ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ४ वटा १, ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले र वडा नं. ९ को वडाध्यक्ष र वडा नं. १० को सिङ्गो प्यानल नै नेकपा एमालेले विजय प्राप्त गरेको छ ।
बागचौरमा १ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहेको छ । अब भने बागचौर नगरपालिकाको नगर प्रमुखको लागि रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार