जेठ ४, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.१० को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ज्ञान प्रसाद शर्मा विजयी भएका छन । शर्माले कुल ३५४ मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चित्र बहादुर खड्काले २७८ मत ल्याएका छन ।
यस्तै नेपाली काङ्ग्रेसका उम्मेदवार गगन खत्रीले र भण्डारीले २१९, राप्रपा हलो चिन्हका उम्मेदवार दोर्ण बहादुर खत्रीले ५ र स्वतन्त्र उम्मेदवार धारा २३८ मत प्राप्त गरेका छन ।
यश वडामा जम्मा कुल मत ११९९ खसेको थियो ।

यस्तै बागचौर नगरपालिका हालसम्म ९ वटा वडाको मतगणना भैसकेको छ । जसमा ४ वटा ३, ५, ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले र वडा नं. ९ को वडाध्यक्ष र वडा नं. १० को सिङ्गो प्यानल नै नेकपा एमालेले विजय प्राप्त गरेको छ ।
बागचौरमा आझै ३ वटा वडा मतगणना गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार