जेठ ४, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भिम प्रकाश भण्डारी विजयी भएका छन । भण्डारीले कुल ५८९ मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिलाल डाँगीले ४९१ मत ल्याएका छन ।
यस्तै नेकपा एमालेका उम्मेदवार बल बहादुर भण्डारीले २६१ र राप्रपा तिर चिन्हका उम्मेदवार प्रमोद डाँगीले १४ मत प्राप्त गरेका छन ।
साथै यस्तो छ वडाका सदस्यहरुको विवरण
सुर्य
महिला सदस्य:-२१९
दलित महिला सदस्य:-२१९
सिङ्गल वडा सदस्य:- २५१
डबल वडा सदस्य:-२९७
रुख
महिला सदस्य:-५९८ विजयी
दलित महिला सदस्य:-५९० विजयी
सिङ्गल वडा सदस्य:-५४८ विजयी
डबल वडा सदस्य:-५३८ विजयी
गठबन्धन (माओवादी/ए.समाजवादी)
महिला सदस्य:-५२६
दलित महिला सदस्य:-५१९
सिङ्गल वडा सदस्य:-४७७
डबल वडा सदस्य:-५०१
यश वडामा जम्मा कुल मत १४१९ खसेको थियो ।
यस्तै बागचौर नगरपालिका हालसम्म ८ वटा वडाको मतगणना भैसकेको छ । जसमा ४ वटा ३, ५, ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले र वडा नं. ९ को वडाध्यक्ष नेकपा एमालेले विजय प्राप्त गरेको छ ।
बागचौरमा आझै ४ वटा वडा मतगणना गर्न बाँकी रहेको छ ।