जेठ ४ सल्यान – छत्रेश्वरी गाउँपालिकामा एमाले विजयी भएकाे छ ।
गाउँपालिका अध्यक्ष पदमा एमालेका ओजबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेकै बुद्धाकुमारी खत्री विजयी भएका छन। अध्यक्ष बुढाथोकीले ३ हजार ८ सय ९२ मत लिए भने निकटतम प्रतिद्वन्द्वीहरु नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ र माओवादी केन्द्रका प्रेम खडकाले २ हजार ५ सय ९ मत लिएका हुन।
उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत लिइन भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ र नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत लिएका छन।
याे गाउँपालिका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति र द्वय उपसभापतिहरुकाे गृह पालिका हाे भने कांग्रेसबाट अध्यक्षमा उम्मेदवार बिष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन। जिल्ला समन्वय समितिकाे संयाेजक समेत हुन। उपसभापतिद्वय सन्तोष केसी र चक्र बहादुर देवकोटा हुन। केसी २०७४ स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्ष भएका थिए। पार्टीको जिल्ला स्तरका प्रमुख नेतृत्वमा रहेकाे यस पालिकामा कांग्रेसले हार बेहोर्नु परेकाे छ।