जेठ ३ सल्यान – शारदा नगरपालिकामा नेपाली कांग्रेसले विजय हात पारेकाे छ।

नगर प्रमुखमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सल्यानका सचिब समेत रहेका प्रकाश भण्डारी भारी मतान्तरले विजयी भएका छन। भने उपप्रमुखमा सुस्मिता सापकोटा सुनार विजयी भएकि छन।

प्रमुखमा भण्डारी १२८० र उपप्रमुखमा सापकोटा सुनार ७८५ मतान्तरले विजयी भएका हुन। अन्तिम मत परिणाम अनुसार विजयी हुने भण्डारीले ६२१७ मत उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानले ४९३७ मत प्राप्त गरे। त्यसैगरी उपप्रमुखतर्फ विजयी सापकोटा सुनारले ५३८० मत उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रमेश गौतमले ४५९५ मत प्राप्त गरेका छन।

प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार