जेठ २ राेल्पा – रुन्टिगढी गाउँपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ

याे गाउँपालिकामा जम्मा ९ वटा वडा मध्ये कांग्रेसले ३ वडा सहित गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमामा विजयी भएको छ। कांग्रेसबाट अध्यक्ष उम्मेदवार जनक पुन र उपाध्यक्षमा उम्मेदवार सरिता केसी विजयी भएका छन।

अध्यक्षमा निर्वाचित पुनले ४३९१ मत प्राप्त गरे भने उपाध्यक्षमा निर्वाचित केसीले ४४३७ मत प्राप्त गरि फराकिलाे मतान्तरले विजयी भएका हुन।

अध्यक्षका उम्मेदवारमा नेकपा एमाले ३५८७ र उपाध्यक्षमा ३७०८ मत लियाे भने नेकपा माओवादी केन्द्र अध्यक्षमा ३७०८ र उपाध्यक्षमा ३६२८ मत लिएकाे छ। काङ्ग्रेस र एमाले बिच ८०४ तथा काङ्ग्रेस-माओवादी बिच ६८३ मतान्तर छ।

यसअघिकाे निर्वाचनबाट याे गाउँपालिकामा एमालेले लिएकाे थियाे। याे संगै राेल्पामा कांग्रेसले दुईवटा स्थानीय तहमा जितेकाे छ। माओवादी केन्द्रले ६ वटामा जितेकाे छ भने अहिलेसम्म एमालेले कुनैपनि पालिका पाएकाे छैन। अब दुईवटा स्थानीय तहकाे अन्तिम मत परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार