जेठ २ राेल्पा – रोल्पा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

माओवादी केन्द्रबाट प्रमुखमा उम्मेदवार सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका छन। उनी दुवै उम्मेदवार प्रतिद्वन्द्वी संग फराकिलो मतान्तरले विजयी भएका छन।

प्रमुख घर्तीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका थिए भने उपप्रमुख आचार्यले ७ हजार ७ सय ४१ मत ल्याउदा प्रतिद्धन्दी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ मत ल्याएकि थिइन।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार