अहिलेसम्म ५० बढी स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ भने अन्यमा पनि मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्मकाे परिणाम अनुसार कांग्रेस र एमालेले बराबर स्थानीय तहमा जित हासिल गरेका छन्।

कांग्रेस र एमालेले २१/२१ वटा स्थानीय तहमा जित हासिल गरेका हुन्।यस्तै,नेकपा माओवादी केन्द्रले १६ स्थानीय तहमा जित हासिल गरेको छ। नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहमा जितेको छ।

नेकपा एमाले विजयी भएका पालिकाहरू:

1.     मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
2.     मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
3.    मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
4.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
5.    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
6.    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
7.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
8.    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
9.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
10.    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
11.    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
12.    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
13.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
14.    दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
15.    स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
16.    बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
17.    दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
18.    नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
19.    रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
20.    इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
21.    तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

1. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
2.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
3. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
4. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
5. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
6. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
7. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
8. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
9. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
10. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
11. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
12. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
13. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
14. बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
15. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
16. लमजुङको  दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
17. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
18. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
19. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
20. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
21. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार