जेठ १, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जस अन्तर्गत नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर वली (माइकल) सहित पुरै प्यानल विजयी भएका छन । वलीले कुल ४०२ मत ल्याइ विजयी भएका हुन ।

साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार चन्द्र प्रकाश वलीले ३७४ मत ल्याएका छन ।

साथै नेपाली काङ्ग्रेसका उम्मेदवार पदम बहादुर वलीले १२७ मत प्राप्त गरेका छन ।

यश वडामा जम्मा कुल ९६७ खसेको थियो । यस्तै उक्त वडामा प्रमुख, उपप्रमुख सहित अन्य उम्मेदवारहरुको मत परिणाम यस्तो छ :सल्यानको बागचौर नगरपालिका वडा नं.-६ को अन्तिम मत परिणाम कुल मत ९६७ गणना गर्दा :-

सुर्य (एमाले)
मेयर (तिलक मल्ल):- ३१३
उपमेयर (भक्त कुमारी वि.एम.):- २५३
वडा अध्यक्ष (चन्द्र प्रकाश ओली) :- ३७४

रुख (कांग्रेस)
मेयर (जनकराज गौतम):-२१८
उपमेयर (दिपा बस्नेत):-१४८
वडा अध्यक्ष (पदम बहादुर ओली ):-१२७

गठबन्धन (माओवादी/ए.समाजवादी)
हसिया हथौड़ा (नेकपा माओवादी)
मेयर (कृति बहादुर पुन):- ३८४
उपमेयर (सुम्निमा डि.सी.):-४९७
वडा अध्यक्ष हसिया हथौड़ा (ज्ञानबहादुर ओली ):-४०२
सदस्यहरुको विवरण
सुर्य
महिला सदस्य:-३०८
दलित महिला सदस्य:-२८७
सिङ्गल वडा सदस्य:-२५५
डबल वडा सदस्य:-२४७
रुख
महिला सदस्य:-१५०
दलित महिला सदस्य:-१४९
सिङ्गल वडा सदस्य:-१८५
डबल वडा सदस्य:-२३४
हँसियाहथौड़ा
महिला सदस्य:-४००
दलित महिला सदस्य:-३८७
सिङ्गल वडा सदस्य:-३१४
(कलम) वडा सदस्य:-३७२

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार