वैशाख २९ काठमाडौं – केही दिन यता निर्वाचन प्रचारप्रसारकाे क्रम देखि मौन अवधि सम्म आउदा रुकुम पश्चिममा काँग्रेस र माओवादी कार्यकर्ताबिच श्रृङखलाबद्व झडप हुन थालेपछि सुरक्षामा चुनौति थपिए पछि गृहमन्त्रीले समेत चासाे राखेका थिए।
उक्त जिल्लामा निर्वाचन सफल गराउन र थप अप्रिय घटना हुन नदिन भन्दै गृहमन्त्रालयकाे आदेशमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकलाई बिहीबारदेखि रुकुम पश्चिम पठाएको छ ।
प्रहरी उपरीक्षक डम्बर बहादुर विकलाई गृहकाे निर्देशनमा प्रहरी प्रधान कार्यालयले पठाएको हाे। उनी संगै निर्वाचन अनुगमनका लागि कर्णाली प्रदेश अन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्क प्रसाद आचार्य सहितको अनुगमन टोली पनि गृहले खटाएको छ।