बैशाख ७ रुकुम (पश्चिम) – नेकपा एमालेले जिल्लाका ६ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएकाे छ।
बुधबार बसेको जिल्ला कमिटी बैठकबाट तीन नगरपालिकामा प्रमुख, उपप्रमुख र तीन गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सर्वसम्मतमै सिफारिस गरेको नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ।
जसअनुसार मुसीकोट नगरपालिकाको प्रमुखमा थलबिर ओली र उप प्रमुखमा चन्द्री महतारा, चौरजहारी नगरपालिकामा प्रमुख टंकप्रसाद ओलीलाई र उपप्रमुख रडण्डी कार्की र आठबीसकोट नगरपालिकामा प्रमुख दिनेश चन्द र उपप्रमुखमा कृष्णाकुमारी मल्ललाई सिफारिस गरेकाे छ।
गाउँपालिका तर्फ बाँफिकोट गाउँपालिका अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेल, त्रिवेणी गाउँपालिका अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला बिष्ट र सानीभेरी गाउँपालिका अध्यक्षमा प्रकाश खड्का र उपाध्यक्षमा पबित्रा डाँगीलाई सिफारिस गरिएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले बताए।